सुनसरी / झापा जिल्लाका विभिन्न विद्यालयमा आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाउन धमाधम सुरु गरिएको छ ।
दुई हप्ताअघि कोरोना भाइरस संक्रमणका कारण बन्द भएका विद्यालय खोप लगाउनका लागि शुरु गरिएको हो । झापा जिल्लाका ३६० सामुदायिक सहित झण्डै ७५० विद्यालयका विद्यार्थीलाई फाइजर खोप लगाउन सुरु गरिएको छ ।
झापा जिल्लाका १५ वटै पालिकामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिका , विद्यार्थीहरूलाई खोप लगाउने लक्ष्य छ । पालिकाहरुमा एक लाख १० हजार डोज खोप पठाइएको स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चूडामणि लुईँटेलले जानकारी दिए ।-/FILE photo



