देशकोशी प्रदेशइटहरीको पिपलचोकमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु ,चार जना घाइते

इटहरीको पिपलचोकमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु ,चार जना घाइते

इटहरी / इटहरीको पिपलचोकमा टेम्पो दुर्घटना धरानका बजगाईकाको मृत्यु भएको छ । प्रदेश १ प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार मृत्यु हुनेमा धरान–१५ मा बस्ने योगेन्द्र बजगाईं रहेका छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इटहरी-२ पिपलचोकस्थित पक्की कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को१ख ६१०८ नम्बरको तेलको ट्याङ्करमा सोही दिशातर्फबाट आउँदै गरेको को१ह ६४४१ नम्बरको टेम्पो पछाडिबाट ठक्कर खाई भएको सवारी दुर्घटनामा उनको ज्यान गएको हो ।अटोमा सवार उनी गम्भीर घाइते भएका थिए । घाइते बजगाईंको धरानस्थित बीपी प्रतिष्ठान ल्याइपुरयाउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । टेम्पो चालक धरान–१६ बस्ने वर्ष ४० को रोशन बस्नेत सामान्य घाइते भएका थिए ।

दुर्घटनामा धरान–१३ बस्ने वर्ष ३४ कि निलु बर्मा गम्भीर घाइते घाइतेकी भएकी छिन् । यस्तै, निजकै छोरी वर्ष ११ कि नियाशा बर्मा, वर्ष ४ कि बिप्याङ्की बर्मा सामान्य घाइते भएका थिए । टेम्पो, ट्याङ्कर चालक बराहक्षेत्र–८ बस्ने वर्ष ३४ को लवनारायण चौधरी इप्रका इटहरीको नियन्त्रणमा रहेको छ भने अटो तीब्र गतिमा कुदाइएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img