Wednesday, April 30, 2025
देशकोशी प्रदेशविराटनगरबाट मानवका ४६ वटा अङ्गसहित एकजना भारतीय नागरिक पक्राउ
spot_img

विराटनगरबाट मानवका ४६ वटा अङ्गसहित एकजना भारतीय नागरिक पक्राउ

सुनसरी / मोरङको विराटनगर-१५ स्थित मुख्य रानी नाकाको १ नम्बर ढाटबाट एकजना भारतीय डाक्टरलाई मोरङ प्रहरीले मानव अङ्गसहित पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रानीबाट खटिएको प्रहरी टोलीले भारतको बिहार पुर्णिया जिल्लाको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई हिजो मंगलबार पक्राउ गरेको हो ।

सिन्हाको साथबाट प्रहरीले मानव खप्पर, खुट्टाको हड्डी, हातको हड्डी, करङको हड्डी, बंगराको हड्डी, काँधको हड्डी, घाँटीको हड्डी, हिपको हड्डी, ढाडको हड्डी, औंलाको हड्डी र कुरकुच्चाको हड्डी गरी ४६ वटा मानव अंग बरामद गरेको छ ।

सिन्हाले भारतका संग्रहालयमा बिक्रीका लागि मानब अंग लैजान खोजेको आशंका प्रहरीको छ । पक्राउ परेका सिन्हाले भने आफूलाई मानव अंग ओसारपसार अवैध हो भन्ने जानकारी नभएकोले भारत लैजान लागेको बताएका छन् । उनले मेडिकल पढ्दा आवश्यक पर्ने भएकोले साथीसँग मागेर लैजान लागेको बताए ।

उनको साथबाट प्रहरीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्र्टनसीपको समयमा सन् २०१६ मा बनाएको परिचयपत्र पनि बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको सशस्त्रले जनाएको छ ।

सिन्हाले एमबिबिएसको अन्तिम परीक्षा दिएर इन्र्टनशीपमा रहेको बताएका छन् । प्रहरीले विराटनगरको ढाटबाट गत असोज १८ गते मारुती भ्यानमा हालेर भारत लैजाने तयारी गरेको अवस्थामा मानव खप्पर २८ वटा र मानव हातखुट्टा १० वटा बरामद गरेको थियो ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img