Saturday, December 7, 2024
देशकोशी प्रदेशघर पूजा गर्दागर्दै ढिस्कोले पुरिएर फिदिममा पुरोहितको मृत्यु

घर पूजा गर्दागर्दै ढिस्कोले पुरिएर फिदिममा पुरोहितको मृत्यु

सुनसरी / पाँचथर जिल्लाको सदरमुकाम फिदिममा घरको साइतका लागि गएका एक पुरोहितलाई ढिस्कोले पुरिएर फिदिम नगरपालिका-१ बुद्धचोकका पुरोहित गोपालप्रकाश ढुङ्गानाको ढिस्कोले पुरिएर आज मृत्यु भएको हो ।

ढिस्कोले पुर्दा शैलेन्द्र पन्धाककी नाै वर्षीया छोरी साहिसा पन्धाक घाइते भएकी छन् । उनको पाँचथर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मृत्यु भएका पुरोहित ढुङ्गाना स्थानीय मदन पन्धाकको घरको साइत गरिदिन गएका थिए । घडेरीमा पूजा गर्दैगर्दा झरेको ढिस्कोले ढुङ्गानालाई पुरेको थियो । ढिस्कोले पुरिएका उनलाई उद्दार गरेर उपचारका लागि पाँचथर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृ´त घोषणा गरेका थिए ।

उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको जनशक्ति खटिएको थियो । स्काभेटरको प्रयोग गरेर ढुङ्गानाको उद्दार गरिएको थियो । ढिस्को खस्दा स्थानीय लेखनाथ खतिवडाको घरमा सामान्य क्षति पुगेको थियो भने खतिवडाको शौचालयको सेफ्टीट्याङ्की भत्किएको पाँचथर प्रहरीले जनाएको छ ।

ढुङ्गाना नेपाल शिक्षक सङ्घ पाँचथरका पूर्वअध्यक्षसमेत रहेका र पूर्वप्रधानाध्यापकसमेत रहेका नेपाली काङ्ग्रेस प्रदेश १ सदस्य मित्रप्रसाद काफ्लेले बताए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img