इटहरी / स्कुलमा परीक्षा दिएर घर फर्किएका इटहरीका दुई बालकहरू गत चैत २९ गत देखि हराएका छन् ।
इटहरी २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ४ मा एउटै कक्षामा अध्ययनरत रञ्जित निरौला र लक्की बिक्रम साह नाम गरेको बालक गत चैत २९ गते देखि ह,राएको परिवारले जनाएको छ ।
इटहरी २ देविथानका १४ वर्षीय रञ्जित निरौला र ११ वर्षीय लक्की बिक्रम साह ७ दिनदेखि बेपत्ता भएका हुन् । उनिहरू दुवै जना चैत गते २० विद्यालयकामा परीक्षा दिन पुगेका थिए र परीक्षा दिएर १२ बजे घर फर्किएको र फेरि स्कुलमा ४ बजे स्थानीयले देखेको महेन्द्र माध्यमिक विद्यालयकाका प्रधानध्यापक मेदन कुमार घिमिरेले बताए ।
आज बैशाख ६ गते सम्म पनि घर नपुगेको परिवारले जनाएको छ । बेपत्ता रञ्जित निरौलाकि आमा रचना निरौलाका अनुसार उनीहरूको खोजीका लागि गत चैत ३० गते नै इलाका प्रहरी कार्यलय इटहरीमा खोज तलासको लागि निवेदन दिएपनि हालसम्म पत्ता नलागेको खोजीकार्यका लागि याचना गरेका छन् ।
बेपत्ता लक्कीकि दिदी कृष्टिना ठकुरीका अनुसार परीक्षा दिन गएका उनीहरूको परीक्षा १२ बजे नै सकिने भएपनि साँझसम्म घर नफर्किएपछि खोजीका लागि पहल गरिएको थियोे । बालकहरूलाई कसैले देख्नु भएमा वा फेला पार्नु भएका नजिकैको प्रहरी कार्यलय ,वडा कार्यालय , विद्यालय प्रशानसन वा सामाजिक संघसंस्थामा बुझाइदिनुहुन परिवारले अपिल गरेका छन्
अहिलेसम्म विद्यालय प्रशासन , आफ्न र प्रहरीले बालकको खोजी कार्य गरिएका छन् । बालकहरूलाई कसैले भेटाएमा ९८१०५८४४४१ र ९८०७०२८३३३ नम्बरमा वा प्रहरी कार्यलयमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेका छन् ।