देशकोशी प्रदेशसुनसरीमा मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी

सुनसरीमा मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी

सुनसरी / सुनसरी जिल्लाको सदरमुकाम इनरुवा नगरपालिकाका मेयर राजन मेहेता वडा सदस्य उठेका छन् भने इनरुवा नगरपालिका वडा नम्बर २ को सदस्यमा मेहेताको उम्मेदवारी दिएका छन्

इनरुवा कांग्रेस नेताहरुले जिल्ला समन्वय समितिको प्रमुख ताक्न मेयर मेहेता वडा सदस्यमा उठेको तर्क गरेका छन् । वडा अध्यक्षमा रन्जेस भट्टराई नेतृत्वको टीममा मेहेताको नाम सदस्यमा दर्ता भएको छ ।

मेयरमा दोहोरिन नपाएका मेहेताले जिल्ला समन्वय समितिको प्रमुख बनाउने तयारीलाई खुलेर स्वीकारेनन् । नेपाल प्रेससँग मेहेताले भने, ‘पार्टीले वडा सदस्य उठायो । पहिले चुनाव जितेपछि जिल्ला समन्वय समितिको कुरा आउँछ ।’

सुनसरीमा हेभीवेट नेताले वडा सदस्य उठेर जिल्ला समन्वय समिति ताक्ने यो पहिलो उदाहरण भने होइन , तत्कालीन नेकपा एमाले सुनसरीका कावा अध्यक्ष रमेश बस्नेत धरान वडा नम्बर ६ को सदस्य उठेका थिए तर, वडा चुनाव जिते पनि जिल्ला समन्वय समिति निर्माणमा एमालेकाे बहुमत नआएपछि उनी सदस्यमै सीमित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img