सुनसरी / मोरङ जिल्लाको विराटनगर-१२ मा बस्ने ५२ वर्षीय मनोज शर्माले ४० वर्षदेखि आफ्नो टुप्पी पालेका थिए उसको टुप्पी अहिले कम्मरसम्म छोएको टुप्पी उनका लागि शान थियो तर, यता गत बैशाख १३ गते शर्माको एक फिट लामो ‘टुप्पी’ कटहरी-४ मा बस्ने फिरोज मियाँले काटिदिएका छन् ।
अहिले शर्मा आफ्नो टुप्पी काटिदिनेलाई कारवाहीको माग राख्दै मोरङ प्रहरी कार्यलयमा उजुरी दिएका छन् । कटहरी-४ मा शर्माले खेतीबाली लगाउँदै आएका थिए । त्यहाँ पानी तान्ने पम्प लगाइएको थियो । मियाँले चोर्दै गर्दा शर्माले पक्राउ गरेर प्रहरीमा चोरीको आरोपमा उजुरी दिएका छन् ।
प्रहरीमा हालेको उजुरी फिर्ता लिन दवाव दिन पुगेका मियाँसँग विवाद हुँदा टुपीमा तानेर कैँचीले जबरजस्ती काटि दिएका हुन् । शर्माको कटहरीस्थित पनि घर रहेको छ । घरमा बसेको बेला टुप्पीमा तानेर सडकमा ल्याई टुप्पी काटिदिएको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले आफ्नो मानमर्दन हुने गरि टुप्पी काटिदिएको भन्दै शर्माले उजुरी दिएको बताउनुभयो । त्यस घटनालाई प्रहरीले सुक्ष्म रुपले अनुसन्धान गर्ने बताएको छ ।
पीडकले मोटर चोरेको रंगेहात भेटेर प्रहरीमा दिएको उजुरी फिर्ता लिनुपर्ने दवाव दिदैं दुव्र्यवहार गर्ने र व्यक्तिगत आस्थामाथि आँच आउने गरि गरिएको व्यवहार गरेको देखिएकोले प्रहरीले घटनाको अनुसन्धान गर्ने बताएको छ ।