सुनसरी / मोरङ जिल्लाको सुनवर्षी नगरपालिका-६ मा सिटौला टोलमा नेकपा एमालेको विजय जुलुसमा हिँडेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते बनेका छन् ।
को।२ च १४३७ नम्बरको ट्याक्टर दक्षिणबाट उत्तरतर्फ जाने क्रममा अनियन्त्रित भएर दुर्घटना हुँदा चालक पनि घाइते बनेका छन् । दुर्घटनामा परी दुईजना गम्भीर घाइतेहरूमध्ये सुनवर्षीका २६ का वर्षीय जलन्धर राजवंशी र ४० वर्षीय राजकुमार सहनी गम्भीर घाइतेलाई विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
घाइते हुनेमा ट्याक्टर चालक टुनटुन राजवंशी, सुनवर्षीका ४५ वर्षीय राजकुमार सरदार, ३८ वर्षीय स्वेता सरदार, २७ वर्षीय जहानभरकुमार राजवंशी, ४० वर्षीय कुसहा राजवंशी, ३५ वर्षीय लक्ष्मी सरदार रहेका छन् । उनीहरूको रङ्गेली अस्पतालमा उपचार भइरहेको छ ।



