सुनसरी / इटहरीमा सात वर्ष अगि ब्लुमिङ लोटस इङलिस स्कुलमा अध्ययनरत १५ वर्षीया छात्रालाई ब´ला´त्कार गरेको आरोप लागेका एक पुरूष प्रिन्सिपल राज खड्कालाई काठमाडौंको त्रिपुरेश्वरबाट प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टिमले लुकिछिपी बस्दै आएका ३६ वर्षीय खड्कालाई पक्राउ गरेको हो । उनलाई आजै जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याएर अदालत उपस्थित गराइने सीआईबीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।
उनी विरुद्धको मुद्दा हाल मुल्तबीमा रहेको कारण उनलाई आजै सुनसरी जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । खड्का विरुद्ध छात्राले २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिइएकी थिइन् ।
प्रहरीले समेत आवश्यक अनुसन्धान सकेर सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेपनि खड्का फरार थिए । १५ वर्षको उमेरमा कक्षा ९ मा पढ्दै गर्दा होस्टेलमा बसेका बेला छात्रालाई प्रिन्सिपलले ब´ला´त्कार गरेको पीडितको भनाइ छ । यसअघि प्रिन्सिपलको तस्वीरसमेत सार्वजनिक गरेकी थिइन् ।
युवतीका अनुसार पहिलो पटक प्रिन्सिपलले एउटा होटेलमा लगेर उनलाई ब´ला´त्कार गरेका थिए । त्यसपछि त्यसको भिडियो बनाएर ब्ल्याक मेल गर्न थाले । पीडित भन्छिन्, ‘यो क्रम मेरो एसईई सम्म २ वर्ष सम्म जारी रह्यो । बाथरुम, साइन्स ल्याब, कम्प्युटर ल्याब, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ पनि उसले मलाई ब´ला´त्कार गर्यो ।’
उनले आफूमाथि भएको शोषणका विषयमा सुरुमा साथीहरूलाई सुनाउँदा पनि विश्वास नगरेको बताएकी छन् । स्कुलमै तीन पटक आत्महत्या प्रयास समेत गरेको पिडितको भनाइ छ । घटना वर्ष २०७२–७३ को आसपासको हो ।-साङ्केतिक तस्बिर



