देशकोशी प्रदेशधरान स्थीत सेउती बगरमा फेला परेको श´वको पहिचान खुल्यो

धरान स्थीत सेउती बगरमा फेला परेको श´वको पहिचान खुल्यो

सुनसरी /धरान ५ स्थित सेउती खोला बगरको किनारमा हिजो बिहीबार बिहान फेला परेको श´वको पहिचान खुलेको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार श´व धरान ११ विष्णुचौक ठाडो सोलिङका ३१ वर्षीय सन्दीप लम्जेल भन्ने पहिचान भएको छ । उनी बुधवार को२८प २५६८ नम्बरको ड्युक मोटरसाइकलमा साँझ ७ बजे तिर साथीसँग भेट्न जान्छु भनेर घरबाट हिँडेको परिवारले बताएका छन् ।

मृ´तक लम्जेल परिवारको एक्लो छोरो हुन् । शवको पहिचान भए सँगै अनुसन्धान पनि अघि बढेको प्रहरी निरीक्षक रायले बताए । बिहीबार बिहान करिब साढे ५ बजे सेउती खोलाको बगरमा घोप्टो परेको अवस्थामा शव भेटिएको थियो ।

शवको गर्धनको पछाडि भागमा धारिलो हतियारले काटिएको छ भने टाउको, शरीरको ढाँडमा समेत धारिलो हतियारले काटेको र घोचेर चोट बनाएको अवस्थामा भेटिएको थियोे । आज शुक्रबार शव पहिचान खुलेसँगै पोस्टमार्टम हुने भएको छ ।

उनलाई अन्त कहीँ ह´त्या गरेर बगरमा फालिएको हुन सक्ने भन्दै इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी बुद्ध श्रेष्ठको टोली, प्रदेश प्रहरी र सङ्घीय प्रहरी अनुसन्धानमा संलग्न रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img