सुनसरी / धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित भएको दिन बाट नै फिल्डमा खटेका छन् ।
उनी धरानको खानेपानी आयोजनाको वेलहरुको अवलोकन गर्दै धरानमा हाल चालु अवस्थामा रहेका वेलहरु व्यापक सुधार गर्नु पर्ने देखिएकाले मर्मत सम्भारमा तीव्रता ल्याउन निर्देशन दिएको तथा अव युद्ध स्तरमा काम हुने उनले फेसबुक पेज मार्फत सार्वजनिक गरेका छन् ।
मेयर साम्पाङले बिहीबार धरानको मुख्य चोक भानुचोकमा उनका समर्थनहरूका साथै सेवक अभियानको टोली सहित धरानको मुख्य चोकमा सरसफाइ गरेका छन । उनलेे सबै स्थानीय सर्बसाधरणलाइ चोक वरिपरि फोहोर नगर्न पनि निर्देशन समेत दिएका छन् ।
धरानमा खानेपानीको मुहानको अवलोकन गरी कमजोरी सच्याउन तथा मुहान वरपर फोहोर गर्न नदिन मेयर साम्पाङले खानेपानीको बारेमा चासो लिएका छन् । उनले धरानमा चरम समस्या भएकाले आफू निर्वाचित भएपछि कार्यलयमा नबस्ने र खानेपानी सुधार नहुन्जेल सम्म जङ्गलमै बस्न भनेर चुनावी सभालाई सम्बोधन गर्ने क्रममा भनेका थिय ।



