Friday, January 17, 2025
देशकोशी प्रदेशसुनसरीको इटहरीमा सबैभन्दा बढी बजेट , कहाँ कहाँ कति पाए

सुनसरीको इटहरीमा सबैभन्दा बढी बजेट , कहाँ कहाँ कति पाए

सुनसरी / सुनसरी जिल्लाको इटहरीका सबैभन्दा बढी बजेट इटहरी उपमहानगरपालिकाले ९५ करोड २३ लाख रुपैँया बजेट पाएको छ ।

जिल्लाका १२ स्थानीय तहमध्ये इटहरी उपमहानगरपालिकाले सबैभन्दा बढी बजेट पाएको हो । सुनसरी जिल्लाले जम्मा ५ अर्ब ९२ करोड ८७ लाख रुपैयाँ पाएकाले छ ।

गत १५ गते अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको आर्थिक बर्ष २०७९/८० को बजेटमा सो रकम विनियोजन गरेका हुन् । धरान उपमहानगरपालिकाले ८३ करोड ४ लाख रुपैया बजेट पाएको छ । सबैभन्दा कम भने गढी गाउँपालिकाले २९ करोड ५७ लाख मात्र बजेट पाएको छ ।

कुन उपमहानगरपालिका कुन नगरपालिका र कुन गाउँपालिकाले कहाँ कति पाए त ?

उपमहानगरपालिकामा :-

इटहरी उपमहानगरपालिका : ९५ करोड २३ लाख

धरान उपमहानगरपालिका : ८३ करोड ४ लाख मात्र बजेट पाएको छ ।

नगरपालिकामा:-

इनरुवा नगरपालिकाः ४८ करोड ३ लाख

दुहबी नगरपालिका : ४९ करोड ७ लाख

बराहक्षेत्र नगरपालिका : ६२ करोड ७५ लाख

रामधुनी नगरपालिका : ४४ करोड ८३ लाख मात्र बजेट पाएको छ ।

गाउँपालिकामा:-

कोशी गाउँपालिका : ३९ करोड ६८ लाख

गढी गाउँपालिका : २९ करोड ५७ लाख

देवानगञ्ज गाउँपालिका : ३६ करोड ४६ लाख

बर्जु गाउँपालिका : ३२ करोड ४९ लाख

भोक्राहा–नरसिंह गाउँपालिका : ३२ करोड १५ लाख

हरिनगर गाउँपालिका : ३९ करोड ५७ लाख बजेट पाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img