सुनसरी / छुट्टाछुट्टै ठाउँमा करेन्ट सुनसरीको बराहक्षेत्र र झापाको गौरिगंजमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका-६ जब्दि बस्ने ३७ बर्षीया सरस्वती श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ ।
हिजो आइतबार बेलुका साढे ७ बजे घर अगाडी कलमा पानीको मोटर चलाई नुहाउने क्रममा करेन्ट लागी गम्भिर घाईते भएकी श्रेष्ठको धरानको विपि कोइरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार क्रममा हिजो राती सँवा ९ बजे मृत्यु भएको थियो ।
त्यस्तै, झापा जिल्लाको गौरिगञ्ज गाउँपालिका-५ फत्तेपुर बस्ने शिवलाल सिंह गनगाईको छोरा १७ बर्षीय रोहित सिंह गनगाईको जेनेरेटरबाट करेन्ट लागेर मृत्यु भएको छ ।
आज बिहान सोमबार ८ बजे छिमेकीको बिहेमा जेरेटरको तार खोल्ने क्रममा करेन्ट लागी घाईते भएका गनगाईको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा बिहान साढे ८ बजे मृत्यु भएको हो । बराहक्षेत्र र गौरीगंजको घटनाको भएको प अनुसन्धान भएको छ । – साङ्केतिक तस्बिर