सुनसरी – सुनसरीको बर्जु गाउँपालिकामा कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै सेवा बन्द भएको छ ।
प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सुरक्षाको प्रत्याभूति नभएको र काम गर्ने सहज वातावरण नबनेसम्म अत्यावश्यक बाहेकका सेवा प्रवाह ठप्प भएको छ ।
सो कार्यालयभित्र दुर्व्यवहार गरिएको विषयलाई लिएर बर्जु गाउँपालिकाका कर्मचारीले कामकाज ठप्प पारेका हुन् ।
गाउँपालिकाभित्रका कर्मचारीको आन्दोलनमा पालिकाभित्रका सबै शिक्षक, कर्मचारी लगायतले ऐक्यबद्धता जनाएका छन् ।
आज बुधबार बाट विद्यालयका शिक्षक तथा कर्मचारीले कालोपट्टी बाँधी पेनडाउन जस्ता कार्यक्रम गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चौधरीले जानकारी दिए ।
स्टोर कोठामा राखिएको कृषि मोटर कोठा व्यवस्थापनका क्रममा सुरक्षित स्थानमा स्थानान्तरण गरी राखिएको विषयलाई कर्मचारीले चोरी गरेको भनी आरोप लगाइनु दुःखद् भएको विज्ञप्तिमा उल्लेख छ ।



