Friday, May 16, 2025
देशकोशी प्रदेशधनकुटामा पौडी खेल्ने क्रममा डुबेर दुई जना किशोरको मृत्यु
spot_img

धनकुटामा पौडी खेल्ने क्रममा डुबेर दुई जना किशोरको मृत्यु

spot_img

सुनसरी | धनकुटा नगरपालिका- ६ मा पोखरीमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।

पात्लेखोला किनारामा रहेको धनकुटा एग्रो टुरिजम फन एण्ड भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनका लागि बनाएको पोखरीमा डुबेर आज शनिबार दिउँसो दुई किशोरको मृत्यु भएको हो ।

पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका- ५ का १५ वर्षीय सोर्णिम राई र धनकुटा नगरपालिका- २ का १५ वर्षीय उदय राईको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुवै जनाको धनकुटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

घरबाट बिहान ६ बजे निस्केर हिँड्दै ११ बजे पोखरीमा पुगेको र पौडी खेल्ने क्रममा हराएपछि नजीकै बस्तीमा गएर मान्छे बोलाएर ल्याई डुविरहेका दुवैलाई निकालिएको थियो । निकालिएर उपचारको लागि धनकुटा अस्पताल लगिएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
– साङ्केतिक तस्बिर

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img