Monday, May 19, 2025
देशकोशी प्रदेशइटहरीको छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल र बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
spot_img

इटहरीको छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल र बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

spot_img

सुनसरी / सुनसरीको छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल र बस दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।

इटहरी उपमहानगरपालिका- १२ चौकीमोडमा उत्तरबाट दक्षिण आउँदै गरेको मोटरसाइकलको ठक्करबाट एकको मृत्यु भएको छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा भारत बिहार घर भइ हाल इटहरी- १२ स्थित रिलायन्स फ्याक्ट्रीमा काम गर्ने ५० वर्षीय लालुप्रसाद विश्वास रहेका छन् ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०३१ प ०६११ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक काठमाण्डौँको नागर्जुन नगरपालिका-८ मा बस्ने २६ वर्षीय सुभाष तामाङ र पछाडि सवार संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिका- ६ बस्ने २५ वर्षीया शिखा लिम्बू घाइते भएका छन् । घाइते भएका अरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, ईटहरी उपमहानगरपालिका-१७ पकलि चौक स्थित पुर्ब पश्चिम राजमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका-५ मा बस्ने ७५ बर्षीय मंगलु चौधरी रहेका छन् ।

हिजो बेलुका साढे ४ बजे पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको को १ ख ७७९५ नम्बरको बसले बाटो क्रस गर्दै गरेको साईकल यात्रीलाई ठक्कर दिँदा गम्भिर घाइते भएका चौधरीको धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको थियो ।

ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ भने दुवै घटना विषयमा थप अनुसन्धान भइरहेको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img