Sunday, September 8, 2024
देशकोशी प्रदेशसुन्दरहरैँचामा बचतकर्ताको रकम हिनामिना, सहकारीका एक जना कर्मचारी पक्राउ
spot_img

सुन्दरहरैँचामा बचतकर्ताको रकम हिनामिना, सहकारीका एक जना कर्मचारी पक्राउ

सुनसरी / मोरङको सुन्दरहरैँचामा बचतकर्ताको रकम हिनामिना गर्ने सहकारीका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार सुन्दरहरैँचा ६ मा रहेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको गोठगाउँ सेवा केन्द्रका सहायक कर्मचारी सुन्दरहरैँचा ७ गोठगाउँका २४ वर्षीय विवेक भुजेल रहेका छन् ।

सहकारीका सचिव यमप्रसाद सिग्देलको जाहेरीका आधारमा पक्राउ गरेर उनीमाथि अनुसन्धान अघि बढाइएको छ । सहकारीले सचिव सिग्देलको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएर छानबिन गरेको थियो ।

जम्मा गरेको रकम बचतकर्ताले आफ्नो खातामा नभएको थाहा पाएपछि सहकारीलाई गुनासो गरेका थिए । सहकारीले सचिव सिग्देलको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएर छानबिन गरेको थियो ।

-Google Ads-

सहकारीका लेखा समिति संयोजक युवराज आचार्य र लेखा प्रमुख विराटचन्द्र पोखरेलसमेत सम्मिलित समितिले बचतकर्ताको ४६ लाख ८७ हजार नौ सय ८० रूपैयाँ सहकारीको काउन्टरमा कार्यरत भुजेलले हिनामिना गरेको पत्ता लगाएको हो । उनीविरुद्ध सहकारी ठगी कसूरमा कारबाही अघि बढाइने डीएसपी श्रेष्ठले जानकारी दिए ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img