सुनसरी : झापाको भद्रपुर नगरपालिका- ३ को धिमेलधुरामा बस्ने सितु सापकोटाको ११ बर्षीय छोरा ईश्वर सापकोटा खोलामा डुबेर मृत्यु भएको छ ।
सोही स्थानमा रहेको देउनिया खोलामा नुहाउने क्रममा खोलामा डुबी बेपत्ता भएका थिए । बेपत्ता भएका बालकको ईलाका प्रहरी कार्यालय पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले स्थानियबासीहरुको सहयोगमा खोजतलास गर्ने क्रममा खोला किनारमा निज बालकको मृत अबस्थामा फेला परेको हो भने यता प्रहरीले घटनाबारे थप अनुसन्धान भईरहेको छ ।