Monday, April 21, 2025
देशकोशी प्रदेशभोजपुरको साल्पा सिलिचुङ चुचुरो पर्यटकको पर्खाइमा
spot_img

भोजपुरको साल्पा सिलिचुङ चुचुरो पर्यटकको पर्खाइमा

  • युवराज विष्ट

भोजपुरको जिल्लाको साल्पा सिलिछो गाउँपालिकामा पर्ने प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल साल्पा सिलिचुङ चुचुरो पर्यटकको पर्खाइमा रहेको छ ।

धार्मिक महत्व बोकेको यो पर्यटकिय स्थल प्रचार प्रसारको कमिले पर्यटक माझ चिनिन नसकेको हो । समुन्द्रि सतहबाट चार हजार १५३ मिटर उचाईमा रहेको सिचिलुङ डाँडाबाट सगरमाथा हिमाल पनि आँखै अगाडी देख्न सकिन्छ ।

यहाँका टेम्के डाँडा, मैयुङ डाँडा , हाँस पोखरी , सिलिचुङ डाँडा पर्यटकको ओझेलमा परेको छ । भोजपुरको टेम्केमा रहेको प्रसिद्ध मन्दिर र हाँस पोखरीमा पर्यटकको ओझेलमा परेको छ ।भोजपुर जिल्लाको टेम्के भन्ने साथ सबैलाई लाग्छ मनमोहक स्थान अनि त्यहाँ बाट हिमाल पहाड देखिन्छ । टेम्केबाट मौसम सफा भएको बेला हरियाली मौसममा सगरमाथा हिमान जस्ता अन्य हिमाल, हरियाली डाँडाकाडा राम्रो सँग देखिन्छ छ । सिलिचुङ डाँडाबाट सगरमाथा सँगै तराईका सुन्दर फाँटसँगै अन्य हिमालहरुको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

चुचुरोको काखैमा रहेको पोखरीमा आन्तरिक पर्यटकहरु आफ्नो मनोकामना पुरा हुने धार्मिक विस्वासले पूजाआजा गर्नको लागि पुग्ने गरेका छन् । खास गरेर यहाँ वर्षमा चार पटक मेलासमेत लाग्ने गरेको छ ।

बैशाख, भदौ, कात्तिक र फागुन महिनाको पूर्णिमामा मेला लाग्ने गरेको स्थानीयको भनाइ छ । यहाँ भोजपुर, खोटाङ, संखुवासभा, धनकुटा, सोलुखुम्बु, लगायत ठाउँबाट भक्तजनहरु पुग्ने गरेका छन् ।

मैयुङ डाँडाको उचाई तीन हजार ३३३ र साल्पासिलिचुङ डाँडाको उचाई चार हजार १५५ रहेको छ । त्यस्तै टेम्के डाँडाको उचाई समुन्द्री सतहबाट तीन हजार १६५ रहेको छ । यो स्थानलाई सबै धामीझाँक्रीले गुरु मान्ने गरेका छन् । खास गरेर स्थानीय मनोकामना पुरा हुने, हाके ताकेको पुरा हुने धार्मिक विस्वासका साथ त्याहा पुग्छन् ।

यो सिलिचुङ डाँडाबाट नेपालको सवोच्च शिखर सगरमाथालाई जनिकबाट नियाल्न सकिने उहाँको भनाइ छ । स्थानीयवासि पवन खत्रीले भने,‘‘ मुख्य रुपमा यहाँ दर्शन गरेमा सन्तान नहुनेको सन्तान प्राप्ति हुने धार्मिक विस्वासले धेरै मानिस आउने गरेका बताए ।

खास गरेर स्थानीय मनोकामना पुरा हुने, हाके ताकेको पुरा हुने धार्मिक विश्वासका साथ त्यहाँ पुग्छन् । खास गरेर बोली नआउने वोली आउने र सन्तान नहुनेलाई सन्तान प्राप्त हुने धार्मिक विश्वास रहेको स्थानीयवासी पवन खत्रीले जानकारी दिए । यो सिलिचुङ डाँडाबाट नेपालको सर्वोच्च शिखर सगरमाथालाई नजिकबाट नियाल्न सकिने छ ।

मुख्य रूपमा यहाँ दर्शन गरेमा सन्तान नहुनेको सन्तान प्राप्ति हुने धार्मिक विश्वासले धेरै मानिस आउने गरेका छन् । सिलिचुङ डाँडा र साल्पा पोखरी हाम्रो जिल्लाको पहिचान हो । यो ठाउँ धार्मिक तथा पर्यटकीय क्षेत्र हो । साल्पा पोखरीमा गएर दर्शन गरे मनोकामना पुरा हुने, चिताएको पुग्ने जनविश्वास छ ।

IMG 20220802 WA0007

स्थानीयका अनुसार समय समयतमा यस पोखरीको रंगसमेत फेरिने गर्दछ । यो ठाउँलाई किरात राईहरुले सवै भन्दा अग्लो स्थानमा रहेको पुख्र्यौली भगवान भनेर मान्ने गरेका छन् । उनीहरुले हरेक दुःख सुखमा साथ दिने आस्थाको प्रातिकका रुपमा लिने गरेका छन् ।

साल्पा पोखरी र सिलिचुङ डाँडा धार्मिक तथा पर्यटकिय क्षेत्र रहेकोले यसको बृहत्तर रुपमा विकास गर्ने गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए । यसलाई बृहत्तर रुपमा विकास गर्ने उद्धेश्यले काम गरिरहेका छौँ । यसको छुटै विषेशता र पहिचान छ । गाउँपालिकाको क्षमताले मात्र सवै काम गर्न सम्भव छैन । त्यसको लागि केन्द्र र प्रदेश सरकारसँग पनि समन्वय गरेर आगामी दिनमा थप काम गछौँ ।

गाउँपालिकाले अहिले पोखरीको थप संरक्षणसँगै तीर्थ यात्री तथा पर्यटकहरुलाई लक्षित गरेर पाटीपौवा, शौचालय, विश्राम स्थल तथा खानेपानी व्यवस्थापनको काम गरिरहेको अध्यक्ष कुलुङले बताए । यो क्षेत्रमा रेडपाण्डा लगाएतका धेरै प्रकारका जीवजन्तु, विभिन्न बहुमुल्य जडीबुटी पाइने भएकाले संरक्षित क्षेत्रको रुपमासमेत विकास गर्ने अध्यक्ष राईको भनाइ छ । ‘‘ यो क्षेत्र प्राकृतिक हिसाबले पनि निकै महत्व बोकेको ठाउँ हो ।

यहाँ नेपालमै दुर्लभ रेडपाण्डा पाइने स्थान हो । यहाँका बन क्षेत्रमा धेरै बहुमुल्य जडीबुटी पाउन सकिन्छ । यसलाई संरक्षित क्षेत्र घोषणा गरेर धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने गाउँपालिकाको योजना छ ।’’ अध्यक्ष राईले भने हाँडी पोखरी, निकाश भनिने भोजपुर– खोटाङ सिमानाको भञ्याङ, जौ बारी, च्याक्सीला वाक्सिन्दा, चिलिमधाप लगाएत क्षेत्रलाई समेटेर संरक्षित क्षेत्रको रुपमा विकास गर्ने अध्यक्ष राईको भनाइ छ ।

IMG 20220802 WA0008

नेपाल सरकारले निर्धारण गरेको घुम्नै पर्ने १०० पर्यटकिय गन्तव्य भित्र पर्न सफल मुन्दुम पदमार्ग यो क्षेत्रसम्म विस्तार भएको छ । मुन्दुम पद मार्गले छोएको स्थानलाई जोड्दै साल्पासिलिछो गाउँपालिकाले पनि पदमार्ग निर्माण गरेर अरुण उपत्यका हुँदै कञ्चनजंघासम्म करिव ६० किलो मिटर निर्माण गर्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ ।

यसलाई प्रचार प्रसार गरेर उचित ढंलले विकास गर्ने हो भने नेपालको उत्कृष्ट गन्तव्य सूचिमा पहिलो रोजाइमा पर्न सक्छ । यहाँ धार्मिक महत्वलाई उजागर गर्दै पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सक्ने हो भने पाथीभरा जस्तै मानिसको आस्थाको केन्द्रको रुपमास्थापित गर्न सकिन्छ । यहाँको सम्भवानाको विषयमा स्थानीय सरकारसँगै प्रदेश र केन्द्र सरकारले पनि ध्यान दिन आवश्यक छ ।

IMG 20220802 WA0010

साल्पा सिलिछो गाउँपालिकामा कुलुङ , चिकिडाँडा , खाटाम्मा र दोभाने ठाउँ पर्छ । यता ,टेम्केमैयुङ गाउँपालिका करिब साढे २ घण्टा तल पर्छ । लेखर्क , गोगने , कोट ,तिम्मा , छिनामुखु , नागि र खावा यहीँ टेम्केमैयुङ गाउँपालिकामा पर्छ ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img