Wednesday, January 15, 2025
देशकोशी प्रदेशझापा र ताप्लेजुङको छुट्टाछुट्टै ठाउँमा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु

झापा र ताप्लेजुङको छुट्टाछुट्टै ठाउँमा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु

सुनसरी / झापा र ताप्लेजुङको छुट्टाछुट्टै ठाउँमा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार झापाको शिबसताक्षी नगरपालिका -९ को आइतबारे बस्ने सुष्मा सुन्दासकी छोरी ११ बर्षीया एन्जिला सुन्दास रशिबसताक्षी नगरपालिका -९ मा बस्ने धुर्व राईको छोरा १२ वर्षीय सिकुम राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

स्कुलबाट घर फर्केर कन्काई सिँचाई नहरमा पौडी खेल्न गएको बेला बेपत्ता भएको खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी माईधार र इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोलिइ खोजतलास गर्ने क्रममा सताक्षी खोलामा दुबैजना मृत अवस्थामा फेला परेका थिए ।

यसैगरी, ताप्लेजुङको पाथीभरा याङबरक गाँउपालिका – ४ डुम्रिसे बस्ने २१ वर्षीय रोशन तामाङको सिवानी हाइड्रो पावरमा लैजान लागेको, जम्मा गरेको पानीको ड्याम ( इनटेक) मा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । तीनै घटनाको विषय प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img