देशकोशी प्रदेशधरानका मेयर हर्क साम्पाङ् अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

धरानका मेयर हर्क साम्पाङ् अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

सुनसरी / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ् राईलाई काठमाडौंमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन्।

एन एण्ड जे इन्टरटेनमेन्ट एन.वाई.इन्क अमेरिकाद्वारा आयोजित पुरस्कार समर्पणको महत्त्वपूर्ण अवार्डबाट सापाङ्लाई नगद रू २५ हजारको साथमा सम्मानपत्रद्वारा विशेष सम्मान गरिएको हो । सापाङ् स्व. अर्जुनप्रसाद प्रसाईंको नामबाट स्थापना गरिएको लोकप्रिय युवा नेता पुरस्कारबाट सम्मानित भएका हुन् ।

साम्पाङ्ले नेपाली समाज तथा धराने जनताको लागि केही उदाहरणीय तथा विकासमूलक कार्यका लागि अग्रभागमा रहेर जनप्रतिनिधिको रूपमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेको हुदाँ उनलाई अझै अघि बढ्न हौसला स्वरुप उत्त सम्मानबाट सम्मानित गरिएको उल्लेख गरिएको छ । काठमाडौं प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा कूलपति गंगाप्रसाद उप्रेतीले उनलाई सम्मान गरे हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img