Thursday, March 20, 2025
देशकोशी प्रदेशसुन्दरहरैँचामा तीव्र गतिको रहेको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

सुन्दरहरैँचामा तीव्र गतिको रहेको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

सुनसरी / मोरङको सुन्दरहरैँचामा तीव्र गतिको रहेको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हिजो आइतबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुन्दरहरैँचा नगरपालिका- ४ मा पश्चिमीबाट पूर्वतर्फ जाँदै गरेको प्र १-०२-००१ ख ८३३२ नम्बरको टिपरले पश्चिमतर्फ आउँदै गरेको को ३८ प ५९५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुन्दरहरैँचा नगरपालिका- ४ का २९ वर्षीय कुमार राईको मृत्यु भएको छ ।

प्रहरीका अनुसार टिपर चालक इटहरी उपमहानगरपालिका- १ का ३७ वर्षीय राजकुमार चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img