सुनसरी / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको टिप्पणी धरानको उन्नति नचाहने मान्छेहरु सल्बलाउन थालेका छन भनी आफ्नो सामाजिक संजाल फेसबुक मार्फत बताएका छन् ।
उनीले लगातार आफ्नो फेसुबक मार्फत स्टाटस लेख्ने गरेका छन् । आज सोमबार उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत ´धरानको उन्नति नचाहने मान्छेहरु सल्बलाउन थालेका छन् तर हाम्रो यात्रा झन बलियो कदम र अझ तेज गतिका साथ अघि बढ्नेछ , भनी उल्लेख गरेका छन् ।
धरानको उन्नति नचाहने मान्छेहरु सल्बलाउन थालेका छन् तर हाम्रो यात्रा झन बलियो कदम र अझ तेज गतिका साथ अघि बढ्नेछ ! ती झ्यास झुस सबलाई फाँडेर हामी अघि बढ्नेछौँ ! भनी फेसबुकमा साम्पाङले लेखेका छन् ।



