Sunday, April 27, 2025
देशकोशी प्रदेशधरानमा सडक र फुटपाथ खाली गराउने अभियान सुरू
spot_img

धरानमा सडक र फुटपाथ खाली गराउने अभियान सुरू

सुनसरी / धरान उपमहानगरपालिकाका सडक र फुटपाथ खाली गराउने अभियान सुरु भएको छ ।

धरान उपमहानगरपालिका- २ को नरेन्द्रपथमा रहेको फुटपाथमा पसल थाप्न प्रयोग गरिएका सामग्री हटाएको हो । भानु चौकदेखि पश्चिम नरेन्द्रपथमा व्यवस्थित सब्जी मण्डी सञ्चालित रहेपनि सडकमा पसल राख्दा आवागमनमा समस्या भएको गुनासोका आधारमा फुटपाथ खाली गराउने अभियान सुरु गरिएको उपमहानगरले जनाएको छ ।

सोही निर्णय अनुसार फुटपाथको पसल हटाउने बारे सूचना जारी गरी माइकिङ गर्दा समेत अटेरी गरेको पाइएको कारण आज बिहान फुटपाथमा पसल राख्ने स्थानहरू हटाएको र उठाएको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img