सुनसरी / ईलामको चुलाचुलीमा युवाहरुको खु´कुरी प्र´हारबाट दमकको वेलडाँगीका एक व्यक्तिको मृत्यु भएको हो ।
ईलामको चुलाचुलीमा युवाहरुको खु´कुरी प्र´हारबाट दमकको वेलडाँगीमा रहेको भूटानी शरणार्थी शिविरका एलबी गुरुङ नामले चिनिने ४६ बर्षीय लालबहादुर गुरुङलाई झापा र इलामको सिमामा पर्ने रतुवाखोलाको पुलमा हिजोआज बुधबार धारिलो हतियार प्रहार भएको थियो ।
गुरुङको खुट्टा र हातमा गहिरो चोट लागेकाले उपचारकोक्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । गुरुङ माथि दमक र ईलामको चुलाचुली जोड्नैश झोलुङे पुल पारि पट्टि हतियार आक्रमण भएको हो ।
गम्भिर घाईते गुरुङलाई लाइफलाइन अस्पताल ल्याईएकोमा उपचार असम्भव भएकाले विर्तामोड स्थित वीएनसी अस्पतालमा लगिएको थियो । गुरुङको उपचारकैक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गुरुङ यस अघि पटक पटक जेल सजाय भोगेर केही समय अघि शरणार्थी शिविरमा आएका थिए ।
गुरुङ चुलाचुली क्षेत्रका यूवाहरुसँग झगडा गर्न त्यस तर्फ गएको स्थानीय प्रत्यक्षदर्शीले बताए । खुकुरी प्रहार किन गरिएको के कारणले गेरेको र गुरुङलाई आक्रमण गर्ने युवाहरुको पहिचान भईसकेकाले घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।