सुनसरी / इटहरीमा सडकमा परेको खाण्डोमा परेर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज विहान इटहरी उपमहानगरपालिका-१७ संगम चोकस्थित कान्छी चोक चतरा सडक खण्डमा चतरातर्फ जाँदै गरेको प्र १–०२–०४४ प १६०८ नम्बरको मोटरसाइकल खाल्डोमा परी दुर्घटना भएको हो ।
मृत्यु हुनेमा सुनसरी- ६ रामधुनीका ६० वर्षीय रामप्रसाद रेग्मीको मृत्यु भएको हो । उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
दुर्घटनामा रामधुनी- ६ का ३९ वर्षीय सुमन रेग्मी सामान्य घाइते भएका हुन् । मृतक रेग्मी मोटरसाइकल पछाडि सवार थिए । घाइते भएका दुवैजनाको उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको थियोे ।