सुनसरी / ओखलढुंगाको सिद्धिचरणमा शिक्षक हत्याको अभियोगमा २२ वर्षीया युवती पक्राउ परेकी छन् ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका- ८ स्थित सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई ह´त्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनीमाथि सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका ५ घर हाल चिसंखुगढी गाउँपालिका ४ लेखर्कस्थित कालिका आधारभूत विद्यालय शिक्षक ३३ वर्षीय दीपककुमार ठाकुरको ह´त्या हत्या गरेको अभियोग छ ।
ठाकुरको गत असोज ७ गते आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए ।शिक्षकको कोठामा शव भएको स्थानीयले बताएपछि प्रहरी घटनास्थल पुगेको थियो भने घटनास्थल प्रकृतिका आधारमा ह´त्या भएको अनुमान गरेर प्रहरीले अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा घटनामा युवतीको संलग्नता रहेको पुष्टिको आधार भेटेपछि आरोपितलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जानकारी दिएको छ ।
उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ । ठाकुरको टाउको तथा शरीरका अन्य भागमा कुटपिट गरी नाक, मुख र घाँटीमा गम्छाले बाँधी, मुखमा सिरानीले थिचेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
ठाकुर यस अघि सिद्धिचरण ८ सल्लेरीको एक विद्यालयमा शिक्षक थिए, आरोपित विद्यार्थी । उनी सरुवा भएर अन्यत्र जाँदा पनि ति युवतिलाई बारम्बार फोन गर्ने गरेको पाइएको छ । यही क्रममा ति युवतिसँग ठाकुरको हिमचिम बढेर भेटघाट हुने गरेको स्थानीय बताउँछन् । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।