सुनसरी \ उदयपुरमा गत भदौ ९ गतेदेखि बेपत्ता त्रियुगा नगरपालिका- २ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को ३८ दिनपछि शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका त्रियुगाका अनुसार ३८ वर्षीया राउत गत भदौ ९ गतेदेखि बेपत्ता थिइन् । उनको कङ्काल बेलका नगरपालिका- ८ सेतीखोलास्थित माछापुछरे सामुदायिक बनको रुखमा झु’ण्डिएको अवस्थामा स्थानीयवासीले फेला पारेका थिए ।
डिएनए परीक्षणपछि राउतको शव पहिचान भएको र शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । राउत गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रियुगा २ को वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।