Tuesday, October 15, 2024
देशकोशी प्रदेशसाम्पाङको ‘निजी’ रकमबाट धरानको सभागृहमा पानी, बत्ती, धारा आदिको व्यवस्था

साम्पाङको ‘निजी’ रकमबाट धरानको सभागृहमा पानी, बत्ती, धारा आदिको व्यवस्था

spot_img

धरान | धरान -८ मा रहेको सभागृह भवनमा व्यवस्थापक पक्षमा कमी कमजोर देखेर मेयर हर्क साम्पाङ पानी बत्ती तथा अन्य सरसफाइका व्यवस्थापकीय पक्षमा आफै लागि परेका छन्। सभागृहमा क्षेत्र नं १ को निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

आइतबार प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्यको मनोनयन दर्ता गर्नेहरूको लहर थियो। सोही समयमा मेयर हर्क पनि त्यहाँ पुगेका थिए।उनले भवन निहाल्दै जाने क्रममा उनले शौचालयमा सामान्य धारा नभएको पानी नभएको देखेर धारा पानी र ऐना मर्मत गरी साबुनको व्यवस्था समेत गरी दिएका छन्। बत्तीको बोर्ड भएको तर, बत्ती नभएको जस्ता कम कमजोर देख्नासाथ उनले तत्काल वायरिङको काम गर्नेलाई बोलाएर बत्ती जडानका काम गरेका हुन्। यस्तै,पुराना तारहरूलाई व्यवस्थापन गर्नु आफै लागि परे।

मेयर हर्क साम्पाङले आफै निजी रकमबाट सो कामहरू गराएका हुन्। उनी आफै लागि परेर सो काम गर्दै काम राम्रो भए नभएको अनुगमन समेत गरेका थिए। यसै सभागृहमा हाल नगर प्रहरीको व्यारेक पनि रहेको छ।

तर, भवनमा बत्ती पानी र शौचालय लथालिङ्ग भएको पटक पटक जानकारी गराउँदा पनि मर्मत हुनु नसकेको नगर प्रहरी प्रमुख विष्णु कोइराला बताउॅछन।कोइरालाले भने मेयर सरले प्रत्यक्ष हेरेर चासो देखाउनु भयो ।सामान्य बत्ती,पानी,धारा र सरसफाइका काम हिजो नै भए। अब अन्य भवनको मर्मत हुने कुरामा हामी विश्वस्त छौ।

मेयर हर्कले कम कमजोर देखेर पानी बत्ती सरसफाइ व्यवस्थापकीय पक्षमा सम्बन्धित शाखा महाशाखा प्रमुखहरूलाई निर्देशन दिँदै तत्काल छिटो काम गर्नु समेत आदेश दिएका छन्। ‘मलाई यहाँ भवन छ भनेर थाहा त थियो तर, यस्तो सामान्य पानी बत्ती धारा नभएको चैँ थाहा थिएन। आज यसो हेर्दै आएको विभिन्न समस्या देखे। नगर प्रहरीको ब्यारेक छ ।निर्वाचन कार्यालय छ त्यसैले तत्काल देखिएका समस्याहरूलाई पुरा गरी सम्बन्धित शाखा महाशाखा प्रमुखहरूलाई खबर गरेको छु। उपमहानगर मातहतमा रहेको सभागृहलाई व्यवस्थापन गर्नु हाम्रो दायित्व हो। ‘ मेयर हर्कले भने।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img