देशकोशी प्रदेशभाइटीकाको दिन ताप्लेजुङमा आगलागीबाट एक घर जलेर नष्ट

भाइटीकाको दिन ताप्लेजुङमा आगलागीबाट एक घर जलेर नष्ट

सुनसरी / ताप्लेजुङको सिदिङ्वा गाउँपालिका- ७ सुरुम्खिममा हिजो भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको छ।

आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको हो । आगलागीबाट घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत घरका सामाान अन्य सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा अनुमानित रु १५ लाख बढीको क्षति भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताए । आगलागीको कारण भने खुल्न सकेको छैन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img