सुनसरी / इटहरी १७ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यलय इटहरीका अनुसार हिजो इटहरी १७ स्थित पुर्व- पश्चिमतर्फ जाँदै गरेको प्रदेश १- ०२–०४३ प ९०८७ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ठेलालाई ठक्कर दिँदा ठेला चालक इटहरी उपमहानगरपालिका- १७ का ४५ वर्षीय तेजनारायण शाहको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका शाहको विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न मोरङको बेलबारी नगरपालिका- ८ मा बस्ने ४५ वर्षीय विक्रम खड्का घाइते भएका छन् । उनको प्रहरीको नियन्त्रणमा लिएर उपचार भइरहेको छ । चालकको सडकमा ध्यान केन्द्रित नहुँदा दुर्घटना भएको हो । घटनाको विषयमा थप अनुसन्धान भएको छ ।