सुनसरी / मोरङको बूढीगंगा गाउँपालिकामा -४ रहेकाे नितेश पेट्रोल पम्पमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
लक्ष्मी पूजाको दिन साँझ पेट्रोल पम्पको काउन्टरमा आगलागी भएको थियो । आगलागी हुँदा पम्पका कामदार बूढीगंगा- ४ का ३४ वर्षीय गान्धी मण्डल र बूढीगंगा- २ का ५५ वर्षीय अशोक चौधरी घाइते भएका थिए ।
गम्भीर घाइते मण्डललाई विराटनगरको ग्रीन क्रस अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि आइतबार कीर्तिपुर अस्पताल लगिएका मण्डलको अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो ।
चौधरी सामान्य घाइते भएका थिए । उपचारपछि उनी घर
फर्किसकेको प्रहरीले जनाएको छ । आगलागी के कारणले लागेको खुलेको छैन । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ भने थप जानकारी आउन बाकि रहेको छ ।



