सुनसरी / खोटाङ जिल्लाको साकेला गाउँपालिका- १ बाँझेच्यानडाँडाका ४१ वर्षीय राजेन्द्र राईको खुकुरी प्रहारबाट सोही ठाउँका ३८ वर्षीय रामचन्द्र राईको मृत्यु भएको हो।
उनीहरू ललितपुर महानगरपालिका- २७ सुनाकोठीस्थित टीका महर्जनको जस्ताको टहरा भाडामा लिएर अलग-अलग कोठामा बस्दैआएका थिए । हिजो सोमबार राति आफूलाई हेपेर बोलेको, आफ्नी श्रीमतीलाई समेत मुख छाडेर बोलेको विषयमा विवाद हुँदा आवेगमा आएका राजेन्द्रले रामचन्द्रलाई खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
खुकुरी प्रहार गर्ने राजेन्द्रलाई प्रहरी वृत्त चापागाउँ र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले राति नै पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।