सुनसरी /झापाको बिर्तामोड- ३ स्थित पुर्व-पश्चिम राजमार्गमा हिजो सोमबार बिहान स्थानिय ६० वर्षीय उदय बहादुर गहतराजलाई प्रदेश १–०१–००१ च ८३१९ नम्वरको पिकअप गाडीको ठक्करबाट मृत्यु भएको छ ।
पिकअपको ठक्करबाट घाइते भएका उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने पिकअप र चालक पथरी शनिश्चरे मोरङका कमल बहादुर मगरलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।