सुनसरी / ओखलढुंगाको सिद्धिचरण नगरपालिका- ३ अधेरीमा दुई वर्षीया बालिकाको बुबा ३७ वर्षीय राजेन्द्र राईले हिजो सोमबार राती घाँटी थिचेर छोरी रितिका राईको ह’त्या गरेका छन् ।
राति मदिरा सेवन गरी घर आएका राईले घरायसी वादविवादपछि श्रीमतीलाई खुकुरी प्रहार गरी श्रीमतीलाई समेत घाइते बनाएका थिए । त्यसक्रममा उनले नाबालिका छोरीलाई पनि खुकुरी प्रहार गरेका हुन्।
राईले आफैँलाई समेत काटेर टाउकोमा घाउ बनाएको थिए । घाइते दुवैको सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक बालिकाको शव पोष्टमार्टमका लागि पठाएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी ओखलढुंगाले जनाएको छ।