देशकोशी प्रदेशइटहरी २० तरहराकी ३० वर्षीया रमा चौहानले एकै पटकमा तीन सन्तान जन्माइन्

इटहरी २० तरहराकी ३० वर्षीया रमा चौहानले एकै पटकमा तीन सन्तान जन्माइन्

सुनसरी / इटहरी- २० तरहरा बस्ने ३० वर्षीया रमा चौहानले कृतिम गर्भाधारणबाट तिम्ल्याहा नवजात शिशुलाई जन्म दिएकी छिन् ।

गत कात्तिक १० गते विराटनगरस्थित विराट नर्सिङ होममा ६ महिनाकै आईभिएफ अर्थात् कृत्रिम गर्भाधारण विधिबाट चौहानले
तिम्ल्याहा छोरी जन्माएकी हुन् । अस्पतालका वरिष्ठ नवजात तथा बालरोग डा. दिपराज अधिकारीको नेतृत्वमा १६ जनाको स्वास्थ्यकर्मीको टोलीले तिम्ल्याहा नवजात शिशुको सफल उपचार गरेपछि हाल उनीहरुको अवस्था सामान्य रहेको छ ।

आमा र ३ वटै छोरीको अवस्था सामान्य रहेको छ । अस्पतालका अनुसार छोरी जन्मिदा उनीहरुको तौल सामान्यभन्दा निकै कम थियो । एउटाको ८०० र बाँकी दुईवटा छोरीको तौल ९०० ग्राम मात्र थियो ।

बिहीबार पत्रकार सम्मेलन गरी आमाछोरी चारैजनाको खतरामुक्त अवस्थामा रहेको अस्पताल प्रशासनले जनाएको छ । उनीहरुको तौल १३ सयदेखि १५ सय पुगेपछि पारिवारिक पालनपोषणको अवस्था बिश्लेषणको आधारमा उनीहरुलाई डिस्चार्ज दिने तयारी रहेको अस्पतालले जनाएको छ ।

शिशुहरुको तौल सामान्य अवस्थामा पुग्न करिब १५ दिनको समय लाग्ने भएको छ । हाल शिशुहरु १४ दिनको भएका छन् । शिशुहरुमा अहिले कुनै समस्या नदेखिएकाले भबिष्यमा हुनसक्ने सम्भावित जोखिमबाट समेत उनीहरु खतरामुक्त रहेको अस्पतालका वरिष्ठ नवजात शिशु तथा बालरोग बिशेषज्ञ डा. दीपराज अधिकारीले बताए ।

विराट नर्सिङ होमको आईभिएफ प्रविधिका कारण पहिलो सन्तानको रुपमा छोरी पाएपछि लामो समयदेखि निःसन्तान रहँदै आएकी रमाले खुशी व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img