Sunday, March 16, 2025
देशकोशी प्रदेशबेलबारीको हार्डवेयर पसलमा आगलागी हुँदा ४ करोडको क्षति, २ जना घाइते

बेलबारीको हार्डवेयर पसलमा आगलागी हुँदा ४ करोडको क्षति, २ जना घाइते

सुनसरी / मोरङको बेलबारी नगरपालिका- १ ढुकुरे चोकमा रहेको शुभलक्ष्मी हार्डवेयर एण्ड सेनेटरीवेयर पसलमा आज बिहान आगलागी हुँदा चार करोड बराबरको क्षति भएको हो भने आगोले जलेर २ जना घाइते भएका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार डबल खान ठकुरीको ३ तले घरमा रहेको पसलमा बिहान १ः४५ बजेतिर अचानक आगलागी भएको थियो । आगोले घर, हार्डवेयर पसल तथा पसलमा रहेका सामान, हार्डवेयरको गल्लामा राखिएको अन्दाजी ४ लाख नगद, एउटा मोटरसाइकल लगायतका धनमाल जलेको हो ।

आगोले जलेर ३० वर्षीय भूषण ठकुरी र उनकी पत्नी २८ वर्षीय नमिता ठकुरी घाइते भएका छन् । शरीरका विभिन्न भाग जलेर घाइते भएका दुवै जनालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा पठाइएको छ ।

आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक खगेन्द्र धमलाको नेतृत्वमा टोली खटिएको थियो । नेपाल तथा सशस्त्र प्रहरी, स्थानीय र ९ वटा दमकलको सहायतामा बिहान साढे ३ बजेतिर आगो नियन्त्रणमा आएको हो । विद्युत सर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घटनाको विषयमा थप जानकारी आउन बाकि रहेको छ भने थप अनुसन्धान भईरहेको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img