Sunday, March 16, 2025
देशकोशी प्रदेशझापामा पुलबाट खसेर ४५ वर्षिय साइकलयात्रीको मृत्यु

झापामा पुलबाट खसेर ४५ वर्षिय साइकलयात्रीको मृत्यु

सुनसरी / झापाको मेचीनगरमा पुलबाट खसेर बुद्धशान्ति गाउँपालिका- ५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको छ ।

दोकानडाँडाबाट पूर्व मेचीनगर- ३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको हिजो शनिबार राति मृत्यु भएको प्रहरी कार्यालय मेचीनगरले जनाएको छ ।

शनिबार राति स्थानीय मेचीनगर ३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनी साइकलमा सवार थिए । उनी साइकलसँगै पुलमुनि झरेको अनुसन्धानबाट खुलेको छ । पुलमुनि पोखरेल घोप्टो परेको अवस्थामा फेला परेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img