सुनसरी / धरानमा भोलि पुष्पकमल दाहाल प्रचण्ड आउने भएका छन् ।
लोकतान्त्रिक बम गठबन्धन धरानको चुनावी आमसभामा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गर्ने निर्वाचन परिचालन मुलसमितिका संयोजक अशोक राईले जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता प्रकाशशरण महत र केन्द्रीय सदस्य मीन विश्वकर्मा र नेकपा (एकीकृत समाजवादी) का पोलिट्ब्युरो सदस्य तथा प्रदेश १ उपाध्यक्ष धर्मराज निरौलाले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
धरानको भानुचोकमा आयोजना हुने चुनाव सभामा अधिकांश कार्यकर्ताहरुको सहभागीता हुने भएका छन् ।