देशकोशी प्रदेशविर्तामोडको प्रसाई मार्केटमा आगलागी हुँदा एक करोड बराबरको क्षति

विर्तामोडको प्रसाई मार्केटमा आगलागी हुँदा एक करोड बराबरको क्षति

सुनसरी / झापाको विर्तामोडमा रहेको प्रसाईँ मार्केटमा आगलागी हुँदा एक करोड भन्दा बढीको क्षति भएको छ ।

पूर्व- पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आज बिहान आगलागी भएको प्रहरी जनाएको छ ।

राजु वंशलले सञ्चालनमा ल्याएको कपडा पसलमा आगलागी हुँदा एक करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।

बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो करिब एक घण्टामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img