देशकोशी प्रदेशभोजपुरमा प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिक बम विस्फोट, विस्फोटको जिम्मा विप्लवले लियो

भोजपुरमा प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिक बम विस्फोट, विस्फोटको जिम्मा विप्लवले लियो

भोजपुर / नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको थियोे ।

भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै एक व्यक्तिले बोकेको बम विस्फोट भएको थियोे । भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा सत्तागठबन्धनको चुनावी सभामा भएको बम विस्फोट जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ ।

विप्लव नेकपाका एक नेताले घटनाको जिम्मेवारी लिएका छन् । चुनाव बहिष्कार गर्ने पार्टीको निर्णयअनुसार बम विस्फोट गराइएको उनले बताएका छन् । भोजपुरकोअरुण गाउँपालिका चरम्बीका सुमन श्रेष्ठ घाइते भएका छन् । बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन ।

बुधबार प्रचण्ड प्रदेश १ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा भोजपुर पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img