Thursday, May 15, 2025
देशकोशी प्रदेशइटहरीमा वर्षेनी हुने बाढीको समस्या समाधान हुने : मेयर हेमकर्ण पौडेल
spot_img

इटहरीमा वर्षेनी हुने बाढीको समस्या समाधान हुने : मेयर हेमकर्ण पौडेल

spot_img

सुनसरी / इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले इटहरीमा वर्षेनी हुने बाढीको समस्या समाधानका निम्ति एसियाली विकास बैँकले लगानी गर्न लागेको बताए ।

आज सोमबार इटहरी उपमहानगर परिसरमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै मेयर पौडेलले एसियाली विकास बैँकले इटहरीको बाढी समस्या समाधान गर्नका लागि साढे ५ अर्ब रुपैयाँ लगानी गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

ट्याङ्ग्रा खोलालाई बूढीखोलामा डाइभर्सन गराइने तयारी अगाडि बढाइएको छ,’ उनले भने, ‘बाढीले मानवीय र भौतिक क्षति हुने समस्या समाधान गर्न हामी गम्भीर छौँ ।’ इटहरीलाई भ्रष्टाचारमुक्त बनाउन पनि आँफू प्रतिबद्व रहेको बताएका छन् ।

‘हामीलाई आन्तरिक व्यवस्थापनका लागि ६ महिना लाग्यो, अब कसैप्रति पनि आग्रह, पूर्वाग्रहमा नलागी ठोस निर्णयमा पुगेर काम गर्छौँ,’ मेयर पौडेलले भने, ‘अहिले हामीले कल सेन्टरमार्फत जनताका गुनासा र समस्या सुन्ने गरिरहेका छौँ, जसले गर्दा जनतासँग प्रत्यक्ष जोडिएर समस्या बुझिरहेका छौँ ।’

आँफू निर्वाचित भएर आएको ६ महिनासम्म आन्तरिक व्यवस्थापनमै समय बितेको र आगामी दिनमा ठोस निर्णयमा पुगेर काम गर्ने बताएका छन् ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img