Thursday, May 22, 2025
देशकोशी प्रदेशविराटनगर महानगरपालिकाले डोजर लिएर अतिक्रमित संरचना भत्काउन थाल्यो
spot_img

विराटनगर महानगरपालिकाले डोजर लिएर अतिक्रमित संरचना भत्काउन थाल्यो

spot_img

सुनसरी / विराटनगर महानगरपालिकाले पनि बजार क्षेत्रमा निर्माण गरिएका अतिक्रमित संरचना भत्काएर हटाउन थालेको छ ।

आज बुधबार मोरङको विराटनगर- ९ स्थित महानगरका मेयर नागेश कोइरालाकै घरमा पसल सञ्चालकहरूले सडकपेटी अतिक्रमण गरी बनाइएका संरचनाहरूलाई डोजर चलाइएको छ । यश अघि ३५ दिने सूचना जारी गर्दा पनि व्यापारीहरुले अटेर गरेपछि बल प्रयोग गरेको मेयरले बताए ।

महानगरले बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

यता, जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर अगाडि आफूखुसी निर्माण गरेका संरचना हटाएर अभियानको सुरु गरिएको छ ।

नगर प्रहरीको नेतृत्वमा डोजरसहित पुगेको नगर प्रहरीले पसल अगाडि निर्माण गरेको सेटब्याक लगायतका अवैध संरचना नगर प्रहरीले जथाभावी झुण्ड्याइएका होडिङ बोर्डसमेत हटाएको थियो ।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानअन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए ।

यता, सुनसरीको इनरुवा नगरपालिकाले हिजोबाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ । ३५ दिने सुचना जारी गरिएको थियो ।

नगरपालिकाले पटक पटकको सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरिएको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम , प्रहरी सहित डोजर लिएर सडकमा निस्किएर अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेका छन् । मंगलबार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका थिए ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img