सुनसरी / सुनसरीको प्रसिद्ध धार्मिक स्थल विष्णुपादुका र बराहक्षेत्रमा श्राद्ध–तर्पण गर्नेहरुको भीड लागेको छ ।
आज पौषे औंसीमा पितृहरूको श्राद्ध–तर्पण गरेमा पितृहरूको उद्धार हुने मान्यताका कारण आज श्राद्ध तर्पण गर्नेहरु भेला भएका हुन् । यहाँ रहेको विष्णुपादुकाको मन्दिरमा श्राद्ध कर्म गरिसकेपछि उक्त पिण्डहरू पादुकास्थल मन्दिरमा स्पर्श गराई कोकाहा नदीमा विसर्जन गर्ने गर्दछन् ।
त्यसैगरी बराहक्षेत्रमा पौषे औंसीमा पितृहरूको श्राद्ध–तर्पण गरेमा पितृहरूको उद्धार हुने मान्यताका कारण श्राद्ध तर्पण गर्नेहरु पुगेका छन् । सुनसरीलगायत पुर्वी नेपालका विभिन्न ठाउँबाट आज भक्तजनहरु भेला भएका थिए ।



