सुनसरी / उदयपुरको त्रियुगा नगरपालिका- १५ ज्यामिटारमा करेन्ट लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।
आफ्नै बारीमा कोदो टिप्ने क्रममा बिजुलीको पोलमा छुन पुग्दा २८ वर्षीया पार्वती विश्कर्माको करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको थियो ।
उनका श्रीमान रुपेश विश्वकर्मा भने श्रीमतीलाई बचाउन खोज्दा करेन्ट लागी घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यलय त्रियुगाले जनाएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



