सुनसरी / इटहरी उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको ९० दिनभित्र नक्सा पासको प्रक्रिया पूरा गर्न आग्रह गरेका छ ।
उपमहानगरको भवन अनुमति तथा भवन मापदण्ड कार्यान्वयन शाखाका प्रमुख, इन्जिनियर कैलाश तिम्सिनाका अनुसार संस्थागत निजी वा जुनसुकै प्रयोजनको निम्ति बनाइएका भवनको नक्सा पास गर्न चैत मसान्तसम्म समय दिइएको छ ।
उपमहानगरले नक्सा पास नभएका तर मापदण्ड अनुकूलका संरचनाहरूको ९० दिनभित्र प्रक्रिया पूरा गर्ने भएको हो । तोकिएको समयमा पुरानो घर नक्सा पास गर्न इटहरी नगरबासीलाई अनुरोध गरेको छ ।