सुनसरी / भोजपुरी गायक खेसरीलाल यादव सुनसरीको बर्जु गाउँपालिकामा आयोजना गरिएको बर्जु महोत्सवमा प्रस्तुती दिने कार्यक्रम झडपमा प्रहरीसहित पाँच जना घाइते भएका छन् ।
हिजो मंगलबार भएको महोत्सवमा आयोजकले लिएको प्रवेश शुल्क महँगो भएको भन्दै केही व्यक्तिले विरोध जनाएपछि झडप भएको प्रहरी कार्यलय बर्जुले जनाएको छ । घाइते हुनेमा महोत्सव हेर्नका लागि आएका सीताराम महतो, रञ्जित मेहता र अन्य प्रहरी रहेका छन् । घाइतेको उपचार भइरहेको छ ।
गत वर्ष माघ ४ गते मंगलबार बर्जु महोत्सव यादव सहभागी हुने कार्यक्रममा पनि झडप भएको थियो ।
भोजपुरी गीत गाएर चर्चामा रहेका भारतीय कलाकार खेसरीलाल अघिल्लो वर्षको महोत्सवमा पनि आउने भनिएको थियो । तर उनी नआएपछि दर्शकहरुले कार्यक्रममा तोडफोड गर्दा लाखौंको क्षती भएको थियो ।