देशकोशी प्रदेशझापाको पार्किङ गरी राखिएको ट्रकमा अर्को ट्रक ठोक्किँदा दुईजनाको मृत्यु

झापाको पार्किङ गरी राखिएको ट्रकमा अर्को ट्रक ठोक्किँदा दुईजनाको मृत्यु

सुनसरी | झापाको शिवसताक्षीमा पार्किङ गरेर राखिएको मालबाहक ट्रकमा पछाडिबाट आएको अर्को ट्रक ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यलय झापाका अनुसारको झापाको शिवसताक्षी नगरपालिका- १ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका दुईवटा मालवाहक ट्रकमध्ये ना ५ ख ८३११ मा रड लोड भएको थियो । उक्त ट्रक ना ६ ख ८८९५ पार्किङ गरिएको ट्रक भन्दा पछाडि आउँदै थियो ।

रातिको समयमा बाक्लो हुस्सुका कारण बाटो प्रष्ट नदेखिँदा पार्किङ गरिएको ट्रकमा पछाडिबाट आउँदै गरेको अर्को ट्रक ठोकिएको प्रारम्भिक प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

रड लोड भएको ट्रकका चालक र सह–चालकको मृत्यु भएको हो । मृत हुने चालक सुनसरीको रामधुनीका नगरपालिका – का ३५ वर्षीय मदन चौधरी रहेका छन् । सहचालकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

च्यापिएको अवस्थामा उनीहरूको शव निकालिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img