Monday, April 28, 2025
समाजसन्दीप लामिछानेलाई क्यानले निलम्बन फुकुवा गर्न नहुने महामन्त्री थापा भनाई
spot_img

सन्दीप लामिछानेलाई क्यानले निलम्बन फुकुवा गर्न नहुने महामन्त्री थापा भनाई

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बला’त्कारजस्तो गम्भीर अभियोग लागेका व्यक्तिलाई कुनै पनि बहानामा विशेषाधिकार दिन नमिल्ने बताएका छन् ।

महामन्त्री थापाले ट्वीटरमार्फत नाबालिकामाथि बला’त्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई क्यानले निलम्बन फुकुवा गरेको विषयमा बोल्दै बला’त्कार अभियोग लागेको व्यक्तिलाई कुनै पनि विशेषाधिकार दिन नमिल्ने बताएका छन् ।

‘बला’त्कारजस्तो गम्भीर अभियोग लागेको व्यक्तिले कुनै पनि बहानामा विशेषाधिकार पाउन सक्दैन, पाउन हुन्नँ,’ उनले भनेका छन्, ‘एक साताअघि नै यो प्रसंग आउन साथ क्यानका अध्यक्ष (जो नेपाली कांग्रेसका जिल्ला सभापति समेत हुनुहुन्छ)लाई भेटेरै अदालतको फैसला नआउँदासम्म न्यायिक प्रक्रियामा रहेको यो विषयमा हतारमा कुनै पनि निर्णय नगर्न स्पष्टसँग भनेको थिएँ । उहाँले यस खालको निर्णय नगर्ने बताउनुभएको थियो । तर त्यसो हुन सकेनँ ।’

उनले अदालतमा विचाराधीन रहेको मुद्दामा क्यानले हतारोमा निर्णय गरेको भन्दै क्यानको निर्णय गलत भएको र तत्काल फिर्ता लिनुपर्ने बताएका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img