सुनसरी | झापाको मेचीनगर नगरपालिका- १ को भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
हिजो बुधबार दिउँसो उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे २ प १५२५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।
घाइते मोटरसाइकल चालक ४० वर्षीय वीरेन्द्र दर्जीलाई उपचारको लागि लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।